प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता सन्धिखर्कमा भोलीबाट हुँदै

सन्धिखर्क ।अर्घाखाँचीमा स्वर्गिय प्रकाश महतको सम्झनामा प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ। सदरमुकाम सन्धिखर्कमा भोली(सोमबार) देखि हुने खेलको तयारी पुरा भएको छ । नेपाल खेलकुद महासंघ अर्घाखाँचीको आयोजनामा हुने प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार दृतिय हुने टिमले ३० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेतले जानकारी दिनुभयो ।

गत वर्ष फागुन ७ गते विराटनगरमा भएको खेलकुद महासंघको कार्यक्रममा सहभागी हुने क्रममा महतको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।प्रतियोगितामा १३ टिम सहभागी हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो। स्वर्गिय प्रकाश महत खेलखुद महासंघ अर्घाखाँचीको सह—सचिव रहनुभएको थियो ।मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा उहाँको घर पर्छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close