अर्घाखाँचीमा भोलीदेखि लगाइने दादुरा–रुबेला रोग विरुद्धको खोपको तयारी पुरा

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा भोलीदेखि लगाइने दादुरा–रुबेला रोग विरुद्धको खोपको तयारी पुरा भएको छ । तिन नगरपालिका र तिन गाउँपालिका रहेको जिल्लामा ६१ वडा रहेको जिल्लामा एकै साथ खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
फागुन १७ गते सम्म १२ हजार ८ सय २० जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले जानकारी दिनुभयो ।भ्याक्सिन वितरण केन्द्रमा पठाउने कार्य पनि सम्पन्न भएको उहाँले बताउनुभयो ।
खोप अभियानमा महिला स्वयंम सेविका पनि खटने उहाँले बताउनुभयो ।सोहि अभियानमा नियमित खोप पनि लगाइने कार्यालय प्रमुख नेपालीले जानकारी दिनुभयो ।
९महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा खोप अभियानका संयोजक विजय विकले बताउनुभयो ।
यो खोप पहिला लगाएका बालबालिकाहरुलाई समेत लगाइने भएकाले सोहि अनुसार नजिकैको खोप केन्द्रमा पुगी खोप लगाउन आग्रह गर्नुभयो ।खोप केन्द्र २सय ३१ रहेको समेत उहाँले बताउनुभयो।
कमेन्ट गर्नुहोस !