कार्यसम्पादन मूल्याङ्कनमा देशकै प्रथम बन्यो सन्धिखर्क नगरपालिका

सागर महत,अर्घाखाँची । आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादनमा बुधबार प्रकाशित मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशकै प्रथम स्थानीय तह हुन सफल भएको छ ।

देशभरका ७५३ तहको मूल्याङ्कन गर्ने व्यवस्था रहेको सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। जसमा कुल १७ वटा सूचक रहेकोमा ३ वटा सूचक मूल्यांकनमा समावेश नगरी १४ वटा सूचकको कुल ७६ अंकको नतिजा प्रकाशित हुँदा सन्धिखर्क नगरपालिकाको ६१।८१ अंक ल्याई नेपाल कै प्रथम हुन सफल भएको छ ।

आर्थिक वर्षको राजस्व ,व्ययको अनुमान नगरसभामा पेश गरे–नगरेको, नगर कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरे–नगरेको विषय पनि समावेश रहेको हो ।

यस्तै स्थानीय तहले घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर ,आगामी आर्थिक वर्ष को लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे–नगरेको, स्थानीय तहले बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, स्थानीय तहको गत आर्थिक वर्ष २०७९–०८० को विनियोजित रकम अनुसार खर्चको पनि समावेश गरिएको थियो ।

स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे–नगरेको, औषत खुद विद्यार्थी भर्ना दर, विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट २०७९ मा कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्या ,गर्भ जाँच गर्ने महिलाको अनुपात, पूर्ण खोप लगायतका विषय समेटिएको प्रमुख प्रशासकिय अधिकृत भुसालको भनाइ छ ।

नागरिकलाई केन्द्रमा राखेर प्रभावकारी सेवा प्रवाहको व्यवस्थाको साथै मूल्यांकनमा सबै सूचकहरुमा राम्रो अंक ल्याउन सफल भएको र भने बाँकी ३ वटा सूचकमा सबैलाई ० अंक दिइएको र अंक दिएमा सबैलाई समान अंक आउने कार्यसम्पादन सूचकको मूल्यांकनको फोकल व्यक्ती तथा योजना उपशाखा प्रमुम दिलिप कुमार के.सीले बताए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close