सन्धिखर्कको देशान्तरि मन्दिरमा पुजा

नेत्र मरासिनी ,अर्घाखाँची । सन्धखर्क नगरपालिका वडा नम्बर १० मा नवनिर्मित देशान्तरि तथा मालिका मन्दिरमा पुजा आरम्भ गरिएको छ ।
मन्दिरका पुजारी तथा भक्तजन साथै पञ्चेबाजा सहित मुर्ति प्रतिस्थापन गरि पुजा अारम्भ गरिएको हाे । कार्यक्रममा वैदिक बिधिपुर्बक पुजाआजा संगै रिबन काटेर उद्घाटन समेत गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख जिबनारायण काेइरालाले रिबन काटी औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कोइरालाले वैदिक सनातन धर्म र यसको सम्बर्द्धनमा सबै लाग्नुपर्ने बताउनुभयो । सामाजिक तथा धार्मिक ब्यक्तित्वो नारायण खनालले ९० प्रतिशत माथी हिन्दु समाज रहेको नेपाललाइ धर्मनिरपेक्ष बनाउनु गलत भएको भन्दै हिन्दु राज्य घोषणा गर्न सबै नेपालीले आवाज उठाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठ ,उपप्रमुख मिस्रा आचार्य ,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,पत्रकार महासङ अध्यक्ष अशोक खनाल, शसस्त्र प्रहरी बलका प्रमुख ,प्रहरी निरीक्षक लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम वडा अध्यक्ष मोहनसिंह ठकुरी को अध्यक्षता हेमराज भुसालको स्वागत मन्तव्य तथा नेत्र मरासिनीको सन्चालनमा सप्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !