अर्घाखाँचीः शितगंगामा महोत्सव सम्पन्न, २ करोडको कारोबार

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा कृषि, पर्यटन, उद्योग ,व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ माघ १२ देखि सुरु भएको महोत्सव १४ दिनपछि समापन भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर २ गैरी खेतमा भएको महोत्सवमा २करोडको कारोबार भएको छ भने २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको उद्योग वाणिज्य संघ शितगंगाका अध्यक्ष चिन्तराज अधिकारीले बताउनुभयो। महोत्सवमा ८० स्टल रहेका थिए । महिला उद्दमि लाई निशुल्क स्टलको ब्यवस्था गरिएको थियो । त्यस्तै जेष्ठ नागरिक र अपाङ्गता भएका लाई टिकट निशुल्क रहेको अध्यक्ष अधिकारीले बताउनुभयो।उद्योग वाणिज्य संघ शितगंगाको आयोजनामा भएको यो तेस्रो महोत्सव हो । “मेला महोत्सवबाट आर्थिक चलायमान हुने, स्थानीय उत्पादनहरू बिक्री वितरणमा टेवा पुग्ने, स्थानीयस्तरका उद्योगहरू फस्टाउँदै जानमा पनि टेवा पुगेको उहाँले बताउनुभयो ।
महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको आयोजकको भनाई छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा )बाट भएको थियो भने समापन लुम्बिनी प्रदेश सांसद रामजी घिमिरेले गर्नुभएको हो ।
महोत्सवमा बद्री पङ्गेनी , खेम सेन्चुरी , सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली ) , कुशल वेल्वासे , श्याम राना , सम्झना लामिछान लगायत कलाकारको प्रस्तुती रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close