अर्घखाँचीःपाणिनि शीतभण्डारमा राखेका ६३ टन सुन्तला कुहिएर नष्ट, अनुसन्धान सुरु

सन्धिखर्क । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा वडा नम्बर २ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताउनुभएको छ । गत वर्ष पनि सुन्तला दानामा ढुसी लागेर केही नष्ट भएको थियो । गत वर्षको तुलनामा यस वर्ष बढी क्षति भएको छ ।

सुन्तला कसरी र किन कुहियो भनी नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान शुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो । यस वर्ष शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि झण्डै ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close