अर्घाखाँचीःभोलि देखि शुरु हुने शितगंगा महोत्सवको मन्त्री रोज राणाले उद्घाटन गर्ने

प्रेमनारायण आचार्य ,अर्घाखाँची  । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले भोलि शुक्रबार देखि तेस्रो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु हुने भएको छ ।
शितगंगा नगरपालिकालाई ब्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गर्न थालिएको शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताउनु भयो ।
शितगंगा नगरपालिका वडा नम्वर २ सीतापुरको गैरी खेतमा भोलि देखि शुरु हुने महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले समुद्धाटन गर्ने कार्यक्रम तय भएको छ ।
नगर भित्र उत्पादित बस्तुहरुको प्रवद्र्धन, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागी महोत्सवले निकै राम्रो भुमिका खेल्ने आयोजकको अपेक्षा छ । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र दुई करोड भन्दा बढीको कारोवार हुने अपेक्षा रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close