आज प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची आउँदै

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज पर्यटन प्रवर्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने हुनुभएको छ । जिल्लाका ६वटा पालिका भित्ररहेका पर्यटकीय स्थलको भिडियो डकुमेन्ट्री तयार पारिएको छ ।त्यसको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको छ ।
यस्तै पर्यटन प्रवर्धन कार्यक्रम २०८० को पूर्वसन्ध्यामा हिजो मोटरसाइकल ¥याली सरसफाई,दिपप्रजलन पनि गरिएको छ।सन्धिखर्कको टुँडी खेल देखि बिहार बजार सम्म मोटरसाइकल ¥याली आयोजना गरिएको थियो ।अर्घाखाँचीका पर्यटकीय स्थलको प्रचारप्रचार गरी आर्थिक समृद्धि सहित स्वदेशी तथा विदेशी धेरै पर्यटक भित्राएर जिल्लामा पर्यटन व्यवसायबाट अर्घाखाँचीलाई स्वरोजगार बनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजक पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताउनुभयो ।यता प्रधानमन्त्री आउने भएपछि चार वटै सुरक्षा निकायको परिचालन गरिने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो ।आज जिल्लाका ६ वटै पालिकाले विभिन्न झाँकी पर्दशन,कृषि मेला,राष्ट्रिय कलाकार खेम सेन्चुरी लगातको पस्तुती हुने छ ।कार्यक्रम बिहान १० बजेपछि सुरु हुने छ ।
कमेन्ट गर्नुहोस !