अर्घा साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

प्रेमनारायण आचार्य ,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर १० मा रहेको अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभामा सभामा जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कँडेल, जिल्ला सहकारी संघका उपाध्यक्ष जानका बन्जाडे, सन्धिखर्क नगरपालिका वडा नं १० का वडा अध्यक्ष मोहन सिंह ठकुरी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, सिटिजन लाइफ इन्स्योरेन्स अर्घाखांची शाखा प्रमुख नारायण जीसी, धरम्पानी स्वास्थ्य चौकीका प्रमुख रमा पराजुली, सहकारीका शेयर सदस्यहरु कल्पना क्षेत्री, इन्दिरा हमाल, सरिता भुसाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
साधारण सभामा सहकारीका अध्यक्ष मुनासिंह ठकुरीले सहकारीको समग्र प्रतिवेदन र रिता मरासिनीले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियोे ।
साधारणसभा सहकारी अध्यक्ष मुनासिंह ठकुरीको अध्यक्षता, गिता आचार्यको स्वागत मन्तब्य र सारदा केसीको सञ्चालनमा सम्पन्न भएको हो ।





कमेन्ट गर्नुहोस !