लोकतन्त्रको आभास नागरिकले गर्न नपाएको शान्ति समाजका वरिष्ठ उपसभापति रावलको भनाइ

सन्धिखर्क ।७५ औं मानव अधिकार तथा शान्ति समाज दिवसको अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा लोकतन्त्रको प्राणःसुशासन सदभाव विषयक नागरिक संवाद कार्यक्रम भएको छ । कार्यक्रममा समाजका केन्द्रिय वरिष्ठ उपसभापति कृष्ण बहादुर रावलले मंसिर १६ गतेबाट सुरुभएको कार्यक्रम यहाँ सम्म आइपुगेको बताउनुभयो ।

जनताले प्राप्त गरेको लोकतन्त्र १७ वर्ष पुगिसक्दा पनि नागरिकले लोकतन्त्रको खास आवास गर्न नपाएको बताउनुभएको छ ।ठुला राजनितिक दलले लोकतन्त्रको ध्वजी उडाएको र अपराधीहरुलाई छुटाउन पनि भुमीका खेलेको आरोप लगाउनुभयो ।समाजले अधिकारका विषयमा कुरा गदै आएपनि त्यसको खासै व्यवस्था नगरेको समाजका उपसभापति रावलको भनाइ छ ।


यता रुस युक्रिन लगायतका देशमा भएको द्वन्दको असर नेपालमा पनि परेकाले उपभोग्य बस्तुको मुल्य पनि बढ्दै गएको बताउनुभयो । कार्यक्रम शान्ति समाज अर्घाखाँचीका सभापति निलकण्ड भुसालको अध्यक्षता ,पुर्व सभापति नेत्र मरासीनीको स्वागत मन्तव्य ,पुर्व सचिव सुरज रायमाझीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा शान्ती समाजका पुर्व सभापति अशोक पौड्ेल ,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,नेपाल शिक्षक संघ अर्घाखाँचीकी अध्यक्ष सारदा भट्टराई ,अर्घाखाँची डटकमका सन्तोष केसि लगातको सहभागीता रहेको थियो ।कार्यक्रममा शान्ति समाज अर्घाखाँचीका सभापति निलकण्ड भुसालले प्रतिवेदन समेत पस्तुत गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close