नेकपा एमाले अर्घाखाँचीको स्वयंसेवक टोली भुकम्प प्रभावित क्षेत्रबाट फर्कियो

सन्धिखर्क ।नेकपा एमाले अर्घाखाँचीको स्वयंसेवक टोली भुकम्प प्रभावित क्षेत्रबाट फर्किएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ र १२ खोलागाउँमा अस्थायी घर निर्माण गर्न गएको टोली आज १५ दिन पछि फर्किएको हो । १८ वटा अस्थाइ संमरचना एमाले जिल्ला उपसचिव सम्भु पोख्रेलको नेत्तृत्व खटेको टोलीले निर्माण गरेको जनाएको छ ।
१४ जनाको समुहमा रहेको उक्त टोली आज एक कार्यक्रमका बिच जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतले सोहि क्षेत्रको आसपासको स्थानमा पुगेर सम्मान समेत गर्नुभएको छ ।स्वयंसेवक टोलीमा युवा संघ ,अनेरास्ववियु ,बिभिन्न भातृसंगठनका सदस्य विभिन्न जनप्रतिनिधि सहभागी रहेका थिए।
कमेन्ट गर्नुहोस !