नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश आउने

काठमाण्डौं ।नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ।
न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ हिजो सकिएको हो। प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस सकेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूले हालेको पुनरावेदनमाथि उच्च अदालत पानटले आज फैसला सुनाउने सम्भावना छ । उच्चपदस्थहरू जोडिएको यो मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उनीहरूले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
कमेन्ट गर्नुहोस !