टिकटक बन्दको निर्णयविरुद्ध सर्वोच्चमा रिट , सोमबार सुनुवाइ

काठमाण्डौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेका छन । टिकटक बन्द गर्ने निर्णयपछि अदालत खुलेको पहिलो दिन हिजो (शुक्रबार) सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन् ।
सर्वोच्चले सोमबारदेखि रिटमा प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सोही दिन बेलुकादेखि नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गराएको थियो । तर टिकटकले भने दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर नेपालको सरकारी संयन्त्रसँग मिलेर काम गरिरहेको बेला बन्द गर्ने निर्णय गर्नु आश्चर्यजनक भएको बताएको थियो ।
प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पठाएको छ, जसमा सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस !