आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।
यो खेल बिहान ९ बजे कीर्तिपुरमा शुरु हुनेछ ।विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।
कमेन्ट गर्नुहोस !