शान्ति समाज अर्घाखाँची शाखाको ११ औं साधारण सभा सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क ।मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाको ११ औं साधारण सभा सन्धिखर्कमा भएको छ । कार्यक्रममा बोल्दै शान्ति समाजका वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले चुरे ध्वस्त पार्न पाइदैनःमरुभुमिकरण गर्ने निति चाहिदैन भने लगायतका नाराकासाथ अभियानमा लागेको बताउनुभयो ।उहाँले पछिल्लो समय भष्ट्रचारका गतिविधि बढ्दो क्रममा रहेकाले यसको रोकथामको लागि सरकार मार्फत दबाब सृर्जना गदै आएको बताउनुभयो ।यस्तै समाजका हरेक क्षेत्रमा न्यायको आवाज उठाउनु नै समाजको मुख्य भुमिका रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव सन्तोष अधिकारी क्षेत्री, केन्द्रिय सदस्य तथा पर्यवेक्षक अरुण ज्ञवाली,नवलपरासी शाखा सचिव शिव प्रसाद पौडे्ल,भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल खनाल,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य पे्रमनारायण आचार्य ,अर्घाखाँचीका सचिव विनोद गैरे,,नेपाल शिक्षक महासंघ अर्घाखाँची सचिव कृष्ण खनाल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम शान्ति समाज अर्घाखाँची सभापति निलकण्ठ भुसालको अध्यक्षता , पुर्व सभापति अशोक पौडे्लको स्वागत मन्तव्य र सहसचिव सागर महतको संचालनका सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close