प्यूठानमा करेन्ट लागेर एक जनाको मृत्यु

प्यूठान । प्यूठानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको प्यूठान नगरपालिका वडा नम्बर ८ टिकुरीका ५८ बर्षिय कमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।
घर नजिकैको कुलोबाट मोटर जोडेर करेसाबारीमा सिचाई गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएको केसीको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !