१सय९९ घण्टा उभिएर प्रदर्शन गरेका ईः र काठमाडौं महानगरबीच सहमती

काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १सय९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति जुटेको छ ।
१) फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न १९२ घण्टा देखि राष्ट्रिय सभागृहको मुल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनु भएका अभियानकर्ता ईस् र सहभागी साथीहरुको स्वास्थलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने।
२) फूटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने।
३) अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न देहाय बमोजिमको समिति गठन गर्नेः
क) महानगरपालिकाले तोकेका ३ जना
ख) अभियानकर्ता ईस् को तर्फबाट तोकिएका प्रतिनिधि २ जना
ग)भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना
घ)सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना
ङ)ट्राफिक प्रहरीको प्रतिनिधि १ जना
४) साविकमा फूटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।
कमेन्ट गर्नुहोस !