आज संविधान दिवस,सार्वजनिक बिदा

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस, संविधान जारी भएको दिन ।२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।संविधान जारी भएको ८ वर्ष पुग्दा पनि यसको सफल कार्यान्वयन हुन सकेको छैन्। आठ वर्षमा केन्द्रमा मात्रै ८ वटा सरकार फेरिँदा पनि संविधान मास्ने खतरा अहिले दलहरुबाटै हुँदै आएको छ।यो आठ वर्षमा प्रदेश सरकारले अझै अधिकार पाउन सकेका छैनन्। केन्द्रीय मानसिकताले प्रदेश अधिकारविहीन भएको छ।

संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबीचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्यो।संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो। दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ।दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ। यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ। जसअनुसार हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको छ। आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको छ।

विदेशस्थित राजदूतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै साँझ दीपावली गरेर संविधान दिवस मनाइने छ। संविधान दिवसको दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close