गुल्मी आउँदै गरेको स्कार्पियो पाल्पामा दुर्घटना ६ जना घाइते

पाल्पा ।पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तानसेन नगरपालिका १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो। सालझन्डीबाट गुल्मीको दिगाम आउँदै जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिनुभयो।उक्त जिपमा सवार घाइते ६ जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना जोर्ते लुहुङ्ग खण्डमा भएको हो जिपको इन्जिन फेल भएर सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !