ज्याला मजदुरी गरेर पढाएको छोरो १२ को परीक्षामा नेपाल टप

काठमान्डौ।ज्याला मजदुरी गरेर पढाएको छोरो कक्षा १२ को परीक्षामा नेपाल टप बनेको छ । पर्वत को जलजला गाउँपालिका९४, की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरेर हातमुख जोड्ने र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी थिइन । चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने चिन्ताले सधैँ सताइरहने परियारले गएको शुक्रबार

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन्।

निरन्तर दुःखसँग पौंठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३।७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो ।

श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै छोराछोरीसँगै घर छोडिन् ।

श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्रधारा आँसु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो ।छोराको यो सफलतासंगै उनक दुखका आयातनहरु कम हुंदै जानेछन र छोराले अझै राम्रो गरेर आफ्नो नाम राख्नेमा उनी ढुक्क देखिन्थिन abcnepal.tv

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close