रोल्पामा बस दुर्घटना ४ को मृत्यु, १४ घाइते

रोल्पा। रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन्। आज सहिदमार्गको तिला बजार नजिकै रिसि घुम्ती भन्ने ठाँउमा बस दुर्घटनामा परेको थियो।मृत्यु हुनेमा तिन जना माडी गाउँपालिकाका रहेका छन ।

जसमध्ये हस्ता डाँगी,गोरख डाँगी ,प्रकाश बाँठा रहेको त्यहाँबाट वुद्व्रीमान ओलीले जानकारी दिनुभएको छ । यस्तै सोहि दुर्घटनामा परि परिवर्तन गाउँपालिकाका भक्त बहादुर बिक पनि मृत्यु भएको बताएको छ ।घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको जनाएको छ ।
रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बर को बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मध्यान्ह करिब १२ः३० बजेको समयमा दुर्घटना भएको थियो। बस सडक बाट करिब १०० मिटर तल खसेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close