पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध

सागर महत,अर्घाखाँची ।
हिजो बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ ।
सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा गएराती पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो ।सडक खुलाउने कार्य भैरहेको उहाँले बताउनुभयो ।
यस्तै गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ दहखोला र शितगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभयो । सडक अबरुद्ध बनेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु बिचबाटोमा रोकिएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close