बझाङ भएको सवारी दुर्घटनामा कानुनमन्त्री सिंहसहित तीन जनाको मृत्यु

बझाङ। बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, सिंहकी श्रीमति ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका कानुनमन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा र मन्त्री पत्नी अमृता र भाउजु नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो । दूर्घटनामा घाइते जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीको नेपालगन्जमा उपचार भइरहेको छ ।
प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close