अर्घाखाँची सहित देशभरका विद्यालय कर्मचारी आन्दोलीत हुँदै, बिधालय बन्दको घोषणा

सन्धिखर्क ।विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै कर्मचारीहरू यस पटक पुनः आन्दोलनमा होमिएका छन्।
यस्तै अर्घाखाँची पनि नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति अर्घाखाँचीले आजदेखि जिल्लाभर संचालित सामुदायिक विद्यालयमा आफ्नो माग पूरा नहुदा सम्मका लागी अनिश्चित कालिन बिधालय बन्द गर्ने जनाएको छ।
यस्तै देशभरका सामुदायिक बिधालय बन्द गर्ने केन्द्रिय नीति अनुसार अर्घाखाँचीमा पनि शैक्षिक क्रियाकलाप पुर्ण रुपमा बन्द हुने नेपाल विद्यालय कर्मचारी परिषद्का आन्दोलन परिचालन समितिका अध्यक्ष इटन भुसालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close