शितगंगा नगरपालिकामा जेष्ठ नागरिकलाई नगद २५ हजारसहित सम्मान

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा जेष्ठ नागरिकलाई नगद सहित सम्मान कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक समाजको बोझ होईनन यिनिहरुलाई माया र सम्मान गरौं भन्ने अभिप्रायले वडामा पुगि अभियान सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ३ बाट सुरु भएको अभियानमा ८४ वर्ष पुगेकालाई २५ हजार नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले बताउनुभयो।यो कार्यक्रम नगरपालिका भित्र रहेका १४ वटा वडामा लागु हुने प्रमुख प्रशासकिय अधिकृत खनालको भनाइ छ ।

यो अभियान बाट ८४ वर्ष उमेर पुगेर तर, आर्थिक अभावका कारण चौरासी पुजा गर्न नसकेकालाई समेत राहत पुग्ने नगरप्रमुख छविलाल पौडे्लले  बताए।निर्वाचनको समयमा बोलेको बाचा ढिला भए पनि कान्यान्वयनको चरणमा पुगेको नगरप्रमुख पौडे्लले बताउनुभयो।नगरको यो कार्यक्रमप्रति वृद्धवृद्धामा खुसीयाली छाएको छ ।

नगरपालिका भित्र विभिन्न कानुन हुन्छन् ति कानुनी पक्रिया पुरा गरेर अभियानले निरन्तरता प्राप्त गरेको उपप्रमुख गिता भाटले बताउनुभयो ।पहिलो चरणमा वडा नम्बर ३ ले १४ जनालाई नगद सहित सम्मान गरेको वडा अध्यक्ष चिन्तराज अधिकारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close