लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्दै

बुटवल। लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीले मुख्यमन्त्रीमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। बहुमतको सरकार गठनका लागि आह्वान गरिएको छ ।नेकपा एमालेका लिला गिरी नेतृत्वको सरकारले सोमबार प्रदेशसभामा पुनः विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो।
चैत १२ गते नै प्रदेश प्रमुखसमक्ष कांग्रेस, माओवादीसहित ८ दलले ५३ जना सांसदको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुुख्यमन्त्री बनाउन दाबी पेस गरिसकेको छ ।
गठबन्धनबाट अब मुुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी मुुख्यमन्त्री बन्ने भएका छन् । लुम्बिनीमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा, नागरिक उन्मुक्तिका ४÷४, जसपा, जनमत र लोसपाका ३÷३, स्वतन्त्र २ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १÷१ जना सांसद छन् ।
यसअघि प्रदेशसभामा गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै समर्थन गरेका थिएभने विपक्षमा ५३ मत परेको थियो ।
कमेन्ट गर्नुहोस !