बाख्राको उत्पादन र उत्पादकत्व बढाउन बोका वितरण

नेत्र मरासिनी,रोल्पा ।रोल्पा जिल्लाको सुनछहरी गाँउपालीकामा किसानहरुलाई विउ बोका बितरण गरीएको छ ।
गाँउपालीकामा रहेका पन्ध्र वटा स्वाबलम्वि समुहहरुलाई प्रति समुह एक वटाका दरले पन्ध्रवटा वोयर,वारबेरी,तथा बिट्टल जातका विउ बोका बितरण गरीएको हो ।
गाँउपालीकामा बाख्राको उत्पादन र उत्पादकत्व बढाई सानाकिसानलाई उद्यमशिल बनाउन उन्नत जातका विउबोका बितरण गरीएको हो ।
बोका वितरण कार्यक्रममा बोल्दै गाँउपालीकाका पशु चिकित्सक सुन बहादुर पुनले स्थानिय बाख्रामा रहेको हाडनाता हटाई नश्लसुधार गरेमा मात्र उत्पादन र उत्पादकत्व वृद्वी हुने भएकाले उन्नत विउ बोका बितरण गरीएको बताउनुभयो ।
कार्यक्रममा वार्ड नम्बर पाँचका वडा अध्यक्ष देविलाल रोकाले साना किसानको आर्थिक समृद्वी ल्याउन र खसिको मासुमा आत्मनिर्भर हुदै निर्यातउन्मुख बन्न पालीकाले किसानमैत्री कार्यक्रमलाइ जोडदिएको बताउनुभयो ।

किसानले प्राप्त गरेका विउ बोका बाट प्रजनन गराइ उत्पादन बढेमा मात्र आर्थिक सुधार तथा पालीकाले लिएको लक्ष्य पुरा हुनेभन्दै वार्ड नम्बर चारका अध्यक्ष हर्कराम बुढामगरले सबै साना किसान गाँउपालीकाको लक्ष्यप्राप्तिमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका पशु कल्याण अधिकृत अंकिता श्रेष्ठ, शहिद परीवार समाज नेपालका अध्यक्ष विशाल खड्का लगाएतले किसानले प्राप्तगरेका विउबोका सहि सदुपयोग गरी बाख्राको उत्पादन बढाउन लाग्न सबैलाइ आग्रह गर्नुभयो ।
सुनछहरी गाँउपालीकामा हेफर प्रोजेक्ट नेपाल संगको साझेदारीमा शहिद परिवार समाज नेपालले कृषि तथा पशु विकासमा आधारीत सानाकिसान तथा युवा उद्यमशिलता साझेदारी परीयोजना सञ्चालन भएको छ ।
बोका वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधी,समुहका प्रतिनिधी,परीयोजनाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सुनछहरी गाँउपालीका वार्ड नम्बर पाँच पोवा»मा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close