नेकपा एमाले अर्घाखाँचीको मिसन ग्रासरूट कार्यक्रम विभिन्न पालिकामा सम्पन्न

सन्धिखर्क ।मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) भुमिकास्थान नगरपालिका वडा नम्बर ३र४ मा वडा तहको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, लुम्बिनी प्रदेश संगठन कमिटी सदस्यहरु प्रेमनारायण गैरे र भरतमणि पौडेल,जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी,नगर कमिटी अध्यक्ष मणि पौडेल,जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ र जिबि खडका,,क्षेत्रीय समन्वय कमिटी सदस्य जिबि केसी लगायतका नेताहरुले मिसन ग्रास अभियान बारे अभिमुखिकरण गराउनु भएको थियो ।
यस्तै मालारानी गाउँपालिकाका ९ वटै वडामा बैठक सम्पन्न भएको नेकपा एमाले मालारानी पालिका कमिटीका अध्यक्ष शालिकराम आचार्यले जानकारी दिनु भयो । वडास्तरको बैठकले बनाएको कार्ययोजना अनुसार पालिकाका ९ वटै वडाको बस्ती स्तरमा कार्यक्रम सुरु हुने आचार्यले बताउनु भयो । वडा स्तरका योजनाहरुलाई अब टोल टोलमा पुगेर कार्यन्वयन गर्ने र वडा स्तर र पालिका स्तरमा मध्यवती समिक्षा गरेर जिल्लाको समिक्षमा प्रतिबेदन पेश गरिने नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा मालारानी ईन्चार्ज तिलक मिश्रले जानकारी दिनु भयो ।
कमेन्ट गर्नुहोस !