देउराली यातयात अर्घाखाँचीको आयोजनामा निःशुल्क शिविर सम्पन्न,६सय बढीले सेवा लिए

सागर महत,अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रालिको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ ।

सदरमुकाम सन्धिखर्कमा भएको स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकी प्रमुख जिल्ला अधिकारी मिना अर्यालले राज्यले गर्नुपर्ने शिविर यातायात व्यवसायीले गरेकोमा धन्यवाद दिनुभएको हो । उहाँले शिविरबाट यहाँका नागरिकले प्रत्यक्ष लाभ लिने समेत बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका नागरिकलाई समेत लक्षित गरेर निःशुल्क औषधिसहितको शिविरको आयोजना गरिएको देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिनुभयो ।

शिविरबाट ६ सय भन्दा बढीले सेवा लिएको उहाँले बताउनुभयो ।

मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर बुटवलको प्राबिधिक सहयोगमा भएको शिविरमा बिशेषज्ञ डक्टर सहितको फिजिसियन सेवा,हाडजोर्नी तथा नसारोग सेवा,स्त्री तथा प्रस्तुति रोग सेवा नाक कान घाँटी रोग सेवा,सर्जरी बिषेशज्ञ सेवा लगायतका सेवाहरु रहेका थिए ।शिविरमा देउराली यातयातका निवर्तमान अध्यक्ष योगेन्द्र बहादुर खड्का,मेडिटेक अस्पताल एन्ड रिसर्च सेन्टर बुटवल रुपन्देहीका प्रबन्ध गणेश प्रसाद ज्ञवाली,डा. गोपाल ज्ञवाली, डा.सतिस रुपाखेती, डा.भुवन पौडेल ,डा.प्रकाश बस्नेत , डा. .शम्भु खनाल,डा,ज्ञानचन्द्र पौडेल , लगायत प्राबिधिक टिमको उपस्थित रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close