छत्रदेव गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

प्रेमनारायण आचार्य,सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ८ अर्घातोषमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विशेषज्ञ डाक्टरबाट सेवासहितको शिविर सञ्चालन गरिएको हो।पालिकाको ग्रामीण क्षेत्रका बिरामी लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। सामान्य उपचारका लागि पनि सन्धिखर्क, बुटबल, तथा काठमाडौं जानुपर्ने बाध्यता शिविरले हटाएको भन्दै स्थानीय खुसी भएको गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए।

शिविरमा बिरामीहरुलाई निशुल्क स्वास्थ्य परीक्षण सेवा, स्त्री रोग सम्बन्धि सेवा, टाउको तथा नशा रोग सम्बन्धि सेवा, नाक कान तथा घाँटी रोग, फिजिसियन तथा परामर्श सेवा, सुगर रोग, तथा भिडियो एक्सरे सेवा, फिजियो थेरापी सेवासहित निःशुल्क औषधी प्रदान गरिएको उपचारमा संलग्न वीर अस्पतालका डाक्टर कपिल ज्ञवालीले बताए।शिविरमा उपचार गर्न पुगेका बिरामीको डाकटर विकास अर्याल, डा. तिलकराज खनाल, डा. उर्मिला श्रेष्ठ, डा. रीता प्रधान, डा.राजेन्द्र श्रेष्ठ, डा.कपिल ज्ञवाली, डा.देवेन्द्र वेल्वासे लगायको टिमले जाँच गरेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close