सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका कमलबहादुर शाह नियुक्त

काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलका हैसियतले काँग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त हुनुभएको थियो । विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन सक्नुभएको थिएन ।
प्रदेशसभामा नेपाली काँग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन्। नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४‚ राप्रपाका १ सांसद र एकजना स्वतन्त्र छन्।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close