अफगानिस्तानको काबुलमा आत्मघाती बम विस्फोट २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।विदेश मन्त्रालयनजिकै भएको विस्फोटमा अन्य केही घाइते भएका छन्। अधिकारीहरूका अनुसार बम विस्फोट भएको समयमा तालिवान र चिनिया अधिकारीहरूबीच बैठक चलिरहेको थियो।

अफगानिस्तानमा चरमपन्थी संगठन इस्लामिक स्टेटले यस्तो आक्रमण गर्दै आएको छ। इस्लामिक स्टेटले गत वर्ष अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी लिएको थियो।पछिल्लो आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले नलिएको बीबीसीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close