सन्धिखर्कबाट प्रहरीले ३३ वटा बाख्रा र गाडी नियन्त्रणमा लियो

सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय आर्घाखाँचीले ३३ वटा बाख्रा नियन्त्रणमा लिएको छ ।सन्धिखर्क नगरपालिका वडा नं. १ स्थित तारामार्गबाट लु १ ख ४१९ नं.को ट्रक चेकजाँच गर्दा आवश्यक कागजात विना अन्दाजी २ लाख मुल्य पर्ने बाख्रा नियन्त्रणमा लिएको हो । गोरुसिङगे तर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सन्धिखर्क नगरपालिकाको कार्यालय पठाईएको समेत बताईएको छ ।
कमेन्ट गर्नुहोस !