अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशमा एमालेको अग्रहता

सन्धिखर्क ।अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रहता लिनुभएको छ ।नेकपा एमालेका सचिव समेत रहका रायमाझीको २० हजार २ सय मत प्राप्त गर्नुभएको छ।यस्तै नेपाली कांग्रेसकि पुष्पा भुसालले १८ हजार ३सय ११ मत प्राप्त गरेर पछ्याइरहनुभएको छ ।यता राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसालले १४ सय ४ मत प्राप्त गर्नुभएको हो ।
यस्तै, २ वटा प्रदेश सभा अन्तर्गत प्रदेश (क)मा नेकपा एमाले चेतनारायण आचार्यले १४हजार २सय ८३ र राष्ट्रिय जनमोर्चाका सागर केसी ले १४ हजार ५१ मत प्राप्त गर्नुभएको छ ।यस्तै, प्रदेश सभा (ख)मा कांग्रेसका कमल प्रसाद भुसाले १४ हजार १ सय ९मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका रामजी प्रसाद घिमिरेले १४ हजार ७ सय ९ मत प्राप्त गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस !