अर्घाखाँचीको छत्रदेवमा आचारसंहिता विपरीत बाड्न लागिएको पाइप बरामद

सन्धिखर्क ।अर्घाखाचीको छत्रदेव गाउँपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाड्न थालिएको पाँच रोल पाइप बरामद भएको छ। वडा नम्बर ६, ठूलापोखरामा मतदातालाई बाड्न लागिएको पाइप प्रहरीले बरामद गरेको हो। पाइप बाड्न लागेको थाहा पाएपछि प्रहरी त्यसतर्फ गएको थियो।

प्रहरी गएपछि मानिसहरू भागेका थिए। बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए। एमाले कार्यकर्ताले मतदातालाई पाइप बाड्न लागेको स्थानीयको भनाइ छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close