गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

गुल्मी ।गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ७ बस्ने ४२ वर्षीय सुर्य बहादुर कुमालको कुटपिट बाट उनकी ४० वर्षीया श्रीमती ताल कुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
कात्तिक १ गते घरायसी विवाद हुँदा श्रीमानको कुटपिटबाट घाईते भएकी ताल कुमारी कुमालको कात्तिक ३ गते अर्थात बिहीबार वामीको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
यता घटनामा संलग्न सुर्य कुमाललाई पक्राउ गरि कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।गुल्मी अपडेटबाट साभार
कमेन्ट गर्नुहोस !