केन्याविरुद्धको टी–२० सिरिजमा नेपाल विजयी

काठमाण्डौं ।केन्याविरुद्धको टी–२० सिरिज नेपालले हात पारेको छ।हिजो भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३–२ ले सिरिज कब्जा गरेको हो।जितका लागि नेपालले दिएको १सय७६ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १सय ४४ रनमा समेटियो।

यो शृंखलापछि नेपालले केन्यासँग त्यहीँ ३ खेलको एकदिवसीय शृंखला खेल्नेछ।पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आगामी शनिबार र अन्तिम खेल आगामी सोमबार हुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close