बीबीसी नेपाली सेवाको बिहानी प्रसारण बन्द हुँदै

अब साताको पाँच दिन, दिनहुँ १५ मिनेट मात्रै

काठमाडौं । बीबीसी नेपाली सेवाले बिहानी प्रसारण बन्द गर्ने भएको छ। यस्तै बेलुकीको प्रसारण ‘साँझपख’ पनि १५ मिनेटको बनाउने भएको छ।रेडियोबाट सूचना प्रसारण गरी बीबीसीले यसबारे जानकारी दिएको हो।

‘बीबीसी नेपाली सेवा सोमबारदेखि शुक्रबारसम्म बिहान सवा ७ देखि ७ः३० बजेसम्म र बेलुकी पौने ९ देखि सवा ९ सम्म प्रसारण हुँदै आएको छ।यही मे ३० अर्थात् जेठ १६ सोमबारदेखि बीबीसी नेपालीको बिहानी सेवा बन्द हुनेछ’, उसले भनेको छ’,साँझपखको कार्यक्रम पनि १५ मिनेटको हुनेछ।’ बीबीसी नेपाली सेवाले अब आफूलाई डिजिटलमा केन्द्रित गर्ने बताएको छ।
बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जुन ७ तारिखमा सुरु भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close