सन्धिखर्कमा मन्त्री भुसालद्वारा १३२ केभी प्रसारण लाइनको उद्घाटन

अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फ भुसालले दुई वर्षभित्र राष्ट्रिय प्रसारण लाइन देशभरी विस्तार गर्ने बताउनुभएको छ ।नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ्ग–पौदी–अमराई–तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतिपुर सन्धिखर्क १३२ केभी सवस्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

देशको अर्थतन्त्रलाई टेवा पुग्ने जुनसुकै उद्योग धन्दा खुले पनि विद्युत् प्राधिकरणले पर्याप्त मात्रामा विद्युत् दिन तयार रहेको उहाँले बताउनुभयो ।यस्तै, सरकारले उत्पादनमा जोड दिइरहेको भन्दै मन्त्री भुसालले हरेक क्षेत्रमा सिंचाइको सुविधा पुर्याइने प्रतिबद्धता जनाउनुभयो ।सन्धिखर्कमा निर्माण भएको सबस्टेशनले अर्घाखाँची, गुल्मी, प्युठान, बाग्लुङ लगायतका क्षेत्रमा विद्युत् आपुर्तिमा सहज हुने मन्त्री भुसालको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले देशका ९५ प्रतिशत ठाउँमा विद्युतको पहुँच पुगेको दाबी गर्दै लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा विद्युत् पुग्न बाँकी रहेको बताउनुभयो ।बाँकी क्षेत्रहरूमा पनि विद्युत् आपूर्तिका लागि प्राधिकरण प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close