गुल्मीका २४ वर्षिय युवाले नगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार दिने घोषणा

गुल्मी । गुल्मीका एक स्थानीय युवाले आउदो वैशाख ३० गते हुने स्थानीय चुनावमा मुसिकोट नगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार दिने सामाजिक संजाल बाट घोषण गरेका छन । उमेरले २४ वर्ष पुगेका बिपिन बिश्वास रायमाझीले स्वतन्त्र उमेदवार दिने घोषणा गरेका छन ।अवको परिवर्तन संगै विकासमा युवाको आवश्यकता रहेको भन्दै उम्मेदारी घोषणा गरेको सामाजिक संजाल बाट रायमाझीले लेखेका छन ।
मेरो स्वतन्त्र उमेद्वारी किन??
सम्पूर्ण मुसिकोटवासी आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु, म बिपिन विश्वास रायमाझी को नमस्कार।
धेरै लामो समयसम्म हजुरबुबाको पुस्ताहरुले, हाम्रो बुवा-आमाको पुस्ताले, दाइ दिदी गर्दै लाखौं नेपाली दाजुभाई दिदीबहिनी हरुको ठुलो त्याग र बलिदानी पछि लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सफल भएका थियौँ।कती जानेर कतिपय अञ्जानमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दैगर्दा जति सुन्दर निर्णय हरु सँस्थागत गरिए त्यो महानतम कर्मको जस अग्रज राजनितीक आन्दोलन का सबै-सबै सहभागी हरुलाइ जान्छ। तर जति त्रुटि र भ्रम पनि हाम्रो लोकतान्त्रिक गणतन्त्र भित्र प्रवेश गर्यो त्यसलाई सहि ट्र्याक मा ल्याउने अभिभारा अबका युवापुस्ताको हो। “हाम्रो हो, मेरो हो”
राष्ट्रको हकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख पुर्ण समानुपातिक संसद आजको आबस्यकता हो।जो बर्तमान राजनितीक दलहरुले गर्न सक्दैनन्। गत निर्वाचनमा हरेक दलले बाडेका आश्वासन र घोषणा पत्रको अध्ययन तथा दुइतिहाइ नजिकको कम्युनिष्ट सरकार को हविगत र कार्यक्रताको मनोदशा/हरेक कुरामा भाग खोज्ने राजनैतिक मनोवृत्तिको प्रतिपक्षी देखेरै हरेक सचेत नागरिक ले प्रष्ट बुझ्न सक्दछ। परम्परागत राजनितीक मार्ग जो सदैब अरुलाइ गालि/ सत्तोसराप गर्ने आफु कहिल्यै नसुध्रिने फोहोरी राजनितीक खेल बिद्यमान छ।यस्तो किसिमको अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र खर्चिलो निर्वाचन प्रणालीको विकल्पको निम्ति,सँस्कारको सुधारका लागि पनि युवा जाग्नै पर्दछ। त्यसैले यो कुरा उठान गर्नु र मैदानमा आउनु नै मैंले मेरो /आम सचेत शिक्षीत युवाको धर्म र कर्तब्य ठानेको छु।
साम्सद भनेका कानुन बनाउन पठाएका जनप्रतिनिधि भएकोले, सभासद बन्नका लागि निस्चित मापदण्ड तोकिनु पर्दथ्यो। त्यो कुरा आम नागरिक ले नबुझ्ने भएको कारणले पनि हामी सर्वसाधारणलाई यि र यस्ता कुरा एवं सेवाको राजनितीक महत्व बुझाउनको निम्ती स्वतस्फूर्त रुपमा स्थानीय तहका विभिन्न पदमा आसन्न स्थानीय तहको निर्वाचनमा क्षमता र योग्यताको आधारमा आफुले लिन सक्ने नेतृत्व दाबि गर्दै अघि बढेका छौं।
लोकतान्त्रिक गणतन्त्र सँग हामिले प्राप्त गरेको सबैभन्दा सुन्दर उपहार हो स्थानिय तह हो, स्थानीय तहमा बिभिन्न बाइस(२२) किसिमका महत्त्वपूर्ण अधिकार हरु संबिधान मा सुरक्षित छन्। तर यि कानुनी अधिकार लाइ सहि सदुपयोग गर्ने चेतका युबा नगरको नेतृत्व मा आउन नसकेको कारण केन्द्रबाट अमुक दलले चलाउने फोहोरी षडयन्त्र को शिकार बनेर नागरिक को अमुल्य मत पाएका जन प्रतिनिधि घरी यौटा गुटमा घरी अर्को गुटमा गरेर समय बर्बाद पारेको हामिले देखेकै हौं।
जनताको अमुल्य मतले जितेको जनप्रतिनिधि ले नागरिक को करबाट आउने चर्को तलब सुबिधा र भत्तामा रमाएर जनताको लागि सेवा होइन की कुनै एउटा दलको लागि मात्र काम गर्दै आएको अवस्था सर्वबिदितै छ।हामिले नागरिकको हकहितको निम्ति बैकल्पिक राजनीति(नागरिकको अवस्था परिवर्तनको)राजनीतिको आवस्यकता अनुसार यो सुरुवातको आरम्भ गरेका छौ।
त्यसैले म र हाम्रो टिमलाई निर्वाचित गराउनु भयो भने स्थानीय स्तरमा विभिन्न किशिमका ठेक्का पट्टाको नाममा हुने कमिसन,जनप्रतिनिधि दलको ब्याक्ती बनेर राजनीतिक दलका निम्ती काम गरिरहेका लापरबाही,आर्थिक अनियमितता,आफ्ना ब्याक्तिलाई आसेपासेलाई बाडने अनुदान बजेट,विभिन्न कार्यक्रमका नाममा एवं कार्यलय संचालनमा हुने फलुज खर्च प्रत्यक्ष नागरिक मा प्रयोग हुनेगरी पारदर्शी हिसाब सहित नगर बिकासमा लगाउने प्रतिबद्धता गर्दछु। यस्तै चुहावट मात्र टाल्न सकेपनि नगर संबृद्ध बनाउन नयाँश्रोतको आम्दानी आउनुपर्छ भन्ने मलाइ लाग्दैन।तर पनि नगरको बिकासका लागि मेरो/हाम्रो भिन्दै किशिमको तयारी र सोंच छ। नागरिकलाई सुबिधा सङ्गै नागरिक धनी रहने करको दायरामा बृद्धी गरेर नगर धनी बनाउने उपाय हामिले तयारी गरिसकेका छौ।
आफै जनप्रतिनिधि आफै निर्माण व्यावसायि डोजर मालिक बनेर,डोजर डुलाएर भत्काएर बिकास बजेट सत्यानास गरी खेत बारी र बस्तीको सर्बनास गरेका जनप्रतिनिधि एवं प्रत्यक्ष रुपमा गाउँ-गाउँमा टोल टोलमा सङ्गठन हुदापनी हुदापनी समाजको हितको निम्ति नबोल्ने प्रतिपक्षीको भाग खोज्ने बानी भन्दा बेग्लै तरिकाले हामी लाग्नुपर्छ र सुरुगर्नु पर्छ। प्राकृतिक संरक्षण, सामाजिक हित सहितको एकिकृत बस्ती विकास,पर्यटन सम्भावना,कृषिको आधुनिकीकरणका भरपुर उपाय मैंले अध्ययन संकलन गरेको छु। नदिजन्य उत्पादन मा भइरहेको तस्करी बाट मात्र हाम्रो नगरले बर्षेनी अरबौंको क्षति बेहोर्नुपरेको छ। अन्यत्र पुल-बाटा बनाएर बिकास गरिएको हुन्छ हाम्रो मा बाटा-पुल बिगारेर भत्काएर नागरिक लाइ भेंडा बनाएर जनप्रतिनिधि धनि हुँदै जाने नागरिक थप गरिब हुँदै जाने शृंखलाबद्ध गलतकामहरु भइरहेका छन्। यसलाइ चिर्न तथा यसको विपरीत जन प्रतिनिधिले जिबन जिउन पुग्ने सामान्य तलब लिएर नागरिक लाइ पुर्णरुपमा सम्पन्न बनाउने नगरलाइ संबृद्ध बनाउने मेरो चाहाना हो। यो जिम्मेवारी म पुरा गर्न सक्षम छु भन्ने मेरो दाबि हो।
स्थानीय सरकारका खर्चका बिबरण हरु हेर्नुभयो भने पाहुना सेबा खर्च मात्र करोडौँ मा देखिन्छ, कामै केहि नगरी भन्दापनी गर्नुपर्ने अधिक्तम काम नगरी ,शिक्षामा, स्वास्थ्य मा सामाजिक बिकासमा, प्रयटन प्रबर्धनमा, छुट्याइएको बजेट करोडौँ मा देखिन्छ।यो नगर-नागरिक को धन दुरुपयोग रोक्ने अभिप्राय ले मेरो उमेद्वारी आबस्यकता देखेर मैंले दलभन्दा माथी उठेर एउअता स्वतन्त्र नागरिकले आफ्नो माटोको निम्ति बोल्नुपर्छ भन्ने ठानेर उमेद्वारी दिने निर्णय गरेको छु।
१)प्रथमतः मेरो उम्मेद्बारी।
(आर्थिक अनियमितता,
भ्रष्टाचार र कमिसनमा शून्य सहनशीलता लागि।)
१:-जन निर्वाचित प्रतिनिधि लाइ जनताका सेबक बनाउन।
२:-आर्थिक बिपन्न सम्पन्न सबै परिवारका बालबालिका/विद्यार्थीलाई समान किसिमको संस्कार सहितको निशुल्क एवं गुणस्तरीय सार्वजनिक शिक्षा उपलब्ध गराउन।
३:-आर्थिक रुपमा सम्पन्न बिपन्न दुबै किशिमका नागरिकले सहुलियत गुणस्तरीय/समान उपचार पाउने ब्यवस्था गर्न।
(चेतनाको कारण गरिबी, अशिक्षा, र यी कारण एउटा बिपन्न नागरिकको जिवनस्तरलाई प्रयोग गरेर राजनितीक फाईदालिने परिपाटीको अन्त्य गर्न।)
४:-उत्पादनशिल क्षेत्रमा लगानी बढाई बेरोजगार लाइ रोजगार उपलब्ध गराउन।
५:- कुसँस्कार र कुरिती लाइ हटाएर सु-सँस्कारको थालनी गर्न।
६:- हरेक नागरिकमा कुनै न कुनै दलको गोठालो बन्ने चलन हटाएर, सबै राजनितीक दललाइ नागरिकको गोठालो बनाउन।
७:- राज्य बाट उपलब्ध भएका सेबा सुबिधा टाँठा बाठाले मात्र बाँडेर खाने चलनलाई बिस्थापित गरेर सबै नागरिक र समाजको हितमा लगाउन।
८:- जसले काम बढी गर्छ, त्यो ब्याक्ती धनी हुने जसले काम गर्दैन उसले पनि बाँच्न पाउने अधिकारको ब्यवस्था गर्न।
९:- नगरमा मेयर/नगरप्रमुखको जति आम्दानी हुन्छ, हरेक दक्ष कामदार को तलब त्यति नै हुने ब्यबस्था गर्न।
१०:- कृषिलाई यान्त्रिकरणमा जोड दिदै कम लागतमा छिटो उत्पादन हुने कृषि उपजको उत्पादनमा प्राथमिकता दिन,किसानलाई कृषिऔजार, बिउपल र बिषादी मुफ्तमा उपलब्ध गराउन।
११:-समाजको हरेक क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई रोक्न।
यी कामहरू दलभन्दा माथी उठन नसक्ने कुनैपनी दलको कुनैपनि नेतृत्वले गर्न सक्दै/अहिलेपनी जनप्रतिनिधिको मनोमानी कर्मचारी माथी दवाबको बढोत्तरी छ।
माथी उल्लेखित लगायत……,
यस्ता सयौं बुँदाहरु/गर्न सकिने सम्भव कामका खाकाहरुको मैले अध्ययन गरिरहेको छु र यो संभब छ।त्योपनी सिमित श्रोत साधनमै। मलाइ निर्वाचित गर्नु भयो भने २०७२ को संबिधानको मर्म र भावनालाई महत्वको साथ अघि बढाउँदै स्थानीय तहमा ब्यबस्था गरिएका कानुन नबाझिने गरी यि र यस्ता कर्म म र मेरो टिमले गर्न सक्छ भन्ने बिश्वास दिलाउन चाहन्छु।
जुन नगरमा सबै जसो नागरिक काममा ब्यस्त हुन्छन,त्यो नगरले छिटो संबृद्धि हाँसिल गर्न सक्छ।जहाँ प्रयोग विहिन शिक्षा,अस्वस्थ राजनीति र प्रसस्त बेरोजगारी रहिरहन्छ। त्यहाँ को बिकास संभब छैन, त्यसैले समृद्ध नगरको निम्ति शिक्षा स्वास्थ्य,कृषि,रोजगार नै महत्वपूर्ण कुरा हुन।जसको निम्ति अहिलेको विभिन्न शिर्षकमा हुने अनावश्यक खर्च कटौती एवं प्राकृतिक उपज-हरुको,कृषि उपजहरुको सबलिकरण तथा प्रयोजन बाटै म र मेरो टिमले मुसिकोट नगरपालिकालाई समृद्धिको गोरेटोमा लैजाने छ।
दुई प्रमुख राजनैनिक दलहरु जो प्रत्यक्ष रुपमा नागरिकको घरघरमा हुदापनी समाजको हितको निम्ति भन्दा समाजलाई सधै अस्तब्यस्त राखेर राजनीति गरिराख्ने प्रवृत्तिलाई निरंतरता दिईराखेको हुनाले,स्थानीय तहमा दल बिहिन राजनीतिबाट समुदायलाई अझै ब्यब्स्थित र समृद्ध बनाउन सकिने विभिन्न सम्भावना हरुको अध्यनपछि हामिले यो निर्णय लिएका छौ।
हामिले भिन्न तरिकाले निर्वाचनलाई कम भन्दा कम खर्चिलो गरि गर्न सकिन्छ,चुनाबकै लागि खर्च गर्नुपर्दैन भन्ने कुराको नजिर स्थापनाको निम्ति नयाँ र नवीनतम कार्यको आरम्भ गर्ने निर्णय गरेका छौं।हामिले विभिन्न माध्यमबाट नगर कस्तो बन्नुपर्छ,के कस्ता कुरामा कसरी भन्ने सुझाब सङ्कलन गरिराखेका छौ,तपाईले पनि हामिलाई सुझाव पठाउन सक्नुहुन्छ।
राजनीतिक दलहरूको सिद्धान्त बिहिन आस्था बिहिन राजनीति भन्दा हामिले कैयौं गुणा सबल कामको राजनीतिको सुभारम्भ गर्न सक्छौ।मुसिकोटको बिकास र समृद्धिको निम्ति युवाको उपस्थिति र भिन्न किशिमको राजनैतिक आचारणको लागि आस्था राख्ने सम्पुर्ण मुसिकोटवासी आदरणीय बुवा-आमा दाजुभाइ दिदिबहिनिहरुलाई नैतिक साथ समर्थन र मतको सहयोगको निम्ति बिन्रमता पुर्वक अनुरोध गर्दछौ।हामिलाई तपाईको चन्दा र आर्थिक सहयोग भन्दा मतको खाचो छ,सुचनाको सहयोगको खाचो छ।आफ्नो परिवार,आफन्त, घर वरिपरि गाउँटोलमा हामिले उठाएका मुद्दा र उम्मेद्बारी बारे जानकारी गराएर सहयोग गरिदिनुहोला।हामिले चुनाब कुन हदसम्म कम खर्चिलो हुन्छ भन्ने उदाहरण दिन चाहान्छौ।यी राजनीतिक दलहरुले गर्ने खर्चिलो चुनाबको प्रतिवाद गर्न चाहान्छौ।
जनस्तरमा एउटा युवाले भिन्न मत राख्दैमा,समाजका मुद्दा उठाउदा जति आलोचना या समर्थन होला त्यो कुरा महत्त्वपुर्ण होइन। कुरा यो होकि हाम्रो स्थानीय सरकारहरुमा यो किशिमको आर्थिक अनियमितता,लापरबाही,दुईदलहरुको आलोपालो समाजलाई पछि राखेर नेतृत्वमा आफू जाने प्रवृत्तिका बिरुद्द को बोल्ने?अब र अझैपनी सामान्य रकम अभाबमा गुणस्तरीय शिक्षा बाट बन्चित हुनुपर्ने र बाच्न पाउने अधिकार बाट बन्चित हुनुपर्ने? अपहेलित बिपन्न नागरिकको मुद्दाको नाउमा राजनीतिक फाईदा लिने धेरै भएपनी कार्यान्वयन कस्ले गर्ने?त्य्लसैले यी दुबैदलको अस्थिर र अस्वस्थ प्रतिस्पर्धाबाट यी र यस्ता सामान्य कुराको बदलाबमा कुनै परिवर्तन न आउने र भुई नागरिक यी बदलाब बिना कहिल्लै खुसी हुन सक्ने अवस्था सिर्जना नहुने हुदा मैले यो मुद्दा उठान सहितको पुर्णतः निशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थको मुद्दा सहित नेतृत्वतह दाबिका निम्ति मैदानमा उपस्थित हुनुपर्ने अनिवार्य र मेरो कर्तब्य ठानेको छु।
न्युनतम स्थानीय सरकार बनेको यो पाँच बर्षको अवधिमा मुसिकोटमा दुबै राजनैतिक दलले गुणस्तरीय शिक्षा र जनस्वास्थ्यको निम्ति एक रथी चासो दिएनन/मुसिकोटका अझै कुनै बिद्यालयमा ५-७ कक्षामा अध्यन गर्ने बालबालिकालाई आफ्नो कक्षा शिक्षकको नाम थाहा छैन?स्वास्थको हकमा एउटा एक्सरे र भिडियो एक्सरे गर्न जिल्ला बाहिर जानुपर्छ,म यो चरम अस्थिरता देख्न सकिन।
त्यसैले अटेर गरे।
यदि कोहि मुसिकोट नगरपालिकालाई अझै उत्कृष्ट,दुरदर्शि नेतृत्व दिनसक्ने पात्र निस्वार्थ रुपमा साचिकै समाज बदल्ने सङ्कल्प सहित मैले उठाएका यी मुद्दालाई स्थापित गर्न मेरोपनी नेतृत्व गर्न आउँछ भने म उसङ्गै नगरको बिकासमा उसको लागि काम गर्न तयार छु।मेरो उम्मेद्बारी रहर,चर्चा,पब्लिसिटिको निम्ति होइन,परिवर्तनका निम्ति हो। यी मुद्दा उठनुपर्छ उठाउनुपर्छ अब बोल्नुपर्छ भन्नका निम्ति हो।
अब ढिला भैसक्यो।
नेतृत्वमा युवाको उपस्थिति,भुई नागरिकको जिवनस्तर परिवर्तनका लागि राजनीति।
त्यसैले
स्थानीय सरकार निर्वाचित भएको यो ५ बर्षको अवधीमा भएका कैयौ राम्राकाम हरु छन,त्यो कामहरुको निम्ति अहिलेको नेतृत्वलाई धन्यवाद समेत दिन चाहान्छु।यद्यपि यी कामहरु पुर्ण थिएनन,अझै धेरै कामहरु गर्न सकिन्थ्यो,सम्भव थियो।नागरिकका सामान्य भन्दा सामान्य आधारभुत कुरामा बेवास्ता भैसकेपछी सहेर बस्ने अवस्था रहे।
अब,यहाहरुले स्थानिय तहको नेतृत्व, जनप्रतिनिधि कस्ता हुनुपर्छ? नागरिकको जीवन उकास्न के कस्ता तपाईलाई लागेका कार्यक्रम गर्नुपर्छ?भन्ने सुझाब हामिलाई दिन सक्नुहुन्छ।साथै हामी निरन्तर अब तपाईंसङ नजिक भएर तपाईका समस्या सुन्ने र समाधानको निम्ति कोरेका खाकाको बारेमा बहस जानकारी र अझै आवस्यक कुरालाई बढाउदै थप्दै जाने प्रक्रियामा छौ।त्यसैले मुसिकोटवासिले चाहेको जस्तो नगरपालिका बनाउन हामिसङ्ग जोडिन विनम्र अनुरोध गर्न चाहान्छु/चाहान्छौ।
स्थानीय तह निर्वाचन -२०७९
मुसिकोट नगरपालिका,नगरप्रमुख पदको स्वतन्त्र उमेदवार।
बिपिन बिश्वास रायमाझी।
धन्यवाद।
कमेन्ट गर्नुहोस !