अर्घाखाँचीमा सिटामोलको अभाव नभएको सरोकारवालाको भनाइ

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालयको मातहत बाट आज सदरमुकाम सन्धिखर्कका औषधी पशलहरुको अनुगमन गरिएको छ । अनुगमनको क्रममा औषधीको भण्डारण आबश्यक मात्रामा भएको जनाएको छ। देशभर सिटामल अभाव भयो भनेर विभिन्न समयमा समाचार आइरहदा आज जिल्ला स्थीत सरोकारवाला र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे द्वारा औषधी पसल अनुगमन गरिएको थियो ।
यस्तै सिटामोल लगायतका औषधीहरुको अभाव हुन नदिन औषधीको प्रयाप्त भण्डारणमा ध्यान दिन औषधी व्यवसायीहरुलाई आग्रह समेत गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !