कांग्रेस अर्घाखाँचीको वडा अधिवेशन गर्न बैठक सम्पन्न

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले आउदो १८ गते (सुक्रबार ) हुने जिल्लाका ६१ वटा वडामा अधिवेशन सम्पन्न गर्नको लागि आज बसेको बैठकले सम्पुर्ण तयारी पुरा गरेको पार्टी सभापती विष्णु मुस्कानले जानकारी दिनुभयो ।साथै वडामा निर्वाचन अधिकृत तोकिसकिएको निर्वाचन अधिकृतको प्रशिक्षण कार्यक्रम भोलि बुधबार विपि स्मृति भवनमा राखिएको प्रचारप्रसार विभागका सचिव प्रेमनारायण आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रम कांग्रेस जिल्ला सभापति विष्णुु मुस्कानको सभापतित्वमा सम्पन्न बैठकमा , निवर्तमान सभापति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी,शितगंगा नगरपालिका नगरप्रमुख सुर्य प्रसाद अधिकारी, सचिवद्धय छविलाल पौडेल, विष्णुप्रसाद भुसाल ,कांग्रेस जिल्ला प्रकाशन तथा प्रचारप्रसारमा विभागका संयोजक माधव पौडेल लगायत कार्यसमिति सदस्य, महासमिति सदस्य, लगायतका कांग्रेस नेताहरको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !