आफ्नै श्रीमती र बुवाको हत्या गरेर गाडेको आरोपमा छोरा पक्राउ

धनुषा। धनुषामा आफ्नै श्रीमती र बुबाको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन ।जिल्लाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँमा एक युवक आफ्ना बुवा र श्रीमतीको हत्या गरेर गाडेको आरोपमा पक्राउ परेका हुन ।५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या गरेर गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी पक्राउ गरेको छ ।प्रहरीले मृतक दुबै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डोमा गाडेको अवस्थामा फेला पारेको हो ।भागेन्द्र करिब १० वर्षदखि वैदेशिक रोजगारमा थिए। चार महिना पहिला मात्र उनी रोजगारीबाट घर फर्केका थिए। ससुरा र बुहारी बीच अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए। त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउकै आँपको बगैचामा खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गाउँलेले देखाएको स्थानबाट शव उत्खनन् गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close