पुर्व ऊर्जा मन्त्री रायमाझी द्वारा गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

सागर महत /अर्घाखाँची ।
पुर्व ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
मन्त्री रायमाझीले १७ थान अक्सिजन सिलिन्डर ,अक्सिजन कन्सटेटर ४ थान , डिजिटल थर्मोमिटर ४ थान, एन्टिजेन कीट ६५० थान लगायतका स्वास्थ सामाग्री प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई हस्तान्तरण गर्नुभएको छ ।
कोरोना भाईरस नियन्त्रण र रोकथामको निम्ति खोप लगाउनु अनिवार्य भएको भन्दै ,केही महिना भित्रमा सबै नेपाली जनतालाई खोप लगाउने गरि विभिन्न मुलुकहरू सँगको वार्ता र संवादलाई तिब्र सरकारले पारेको रायमाझीको भनाइ छ ।
हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय २३ छ भने कोरोना संक्रमण बाट हाल सम्म जिल्लाभरमा ५३ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close