जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता सन्धिखर्कमा हुँदै

सन्धिखर्क,भदौं ०३ ।नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँचीमा जिल्ला स्तरीय खुल्ला तीज गित प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको सहजीकरणमा उक्त प्रतियोगिता हुन लागेको हो ।

सामाजिक न्यायका लागि महिला सशक्तीकरणू भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता २०८२ साल भदौ ८ गते आइतबारका दिन सन्धिखर्कमा बिहान ११ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा विद्यालय, बाल क्लब, युवा क्लब, आमा समूह, विभिन्न संघसंस्था तथा व्यक्ति विशेष समूहले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका लागि समूह दर्ता मिति भदौ ७ गतेसम्म तोकिएको छ भने दर्ता शुल्क निःशुल्क रहेको छ । प्रतियोगितामा एउटा समूहमा नृत्य र गायन गरी बढीमा १२ जना सदस्य रहन सक्नेछन् । गीतको समय १० देखि १२ मिनेटसम्मको हुनुपर्नेछ भने वाद्यवादनको व्यवस्थापन सहभागी समूहले नै गर्नुपर्नेछ, जसको नम्बर पनि प्रतियोगितामा गणना गरिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहनेछ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close