भ्रष्टाचार, महङ्गि नियन्त्रण र एम.सी.सी. खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गर्यो बिरोधप्रदर्शन

गोपाल प्रसाद भट्टराई ,साउन–३०अर्घाखाँची।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बम बहादुर खत्रीले वर्तमान सरकारले भ्रष्टाचारी र बिचौलियालाई संरक्षण गर्दा देशमा सुशासन उलघंनका घटना बढेर गएको बताउनुभएको छ । कांग्रेस एमाले मिलेर बनेको ओली नेतृत्वको सरकारले आफ्ना नेता तथा कार्यकर्ता संरक्षण र भ्रष्टाचारमा लिप्त भएको उहाँको आरोप छ ।
भ्रष्टाचार, कालोबजारी, बलत्कार र महङ्गीको नियन्त्रण तथा संघियता र एम.सी.सी. खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले यस्तो बताउनुभएको हो ।भ्रष्टाचारी र बिचौलिया नै भएपनि आफ्नालाई काखा र अर्कालाई पाखा गर्दा देश अझ अप्ठ्यारोमा फसेको उहाँको तर्क छ ।
राज्यका हरेक निकायमा बढेको संस्थागत भ्रष्टाचारले देशविकासमा पछाडि परेको प्रदेश अध्यक्ष खत्रीको दाबी छ ।राजमो जिल्ला अध्यक्ष थम्मन के।सी।को संचालनमा सम्पन्न कोणसभामा राजमो नेता शेर बहादुर वि।सी।, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।मसालबजारबाट नाराजुलुस सहित सुरु भएको ¥याली चुत्राबेसी भक्तिटोलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कमेन्ट गर्नुहोस !