कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ निर्वाचित

काठमाडौँ ,साउन १४ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।संसदीय दलको नेता निर्वाचनमा २२ मतका साथ बानियाँले मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई हराउनुभएको हो ।

लामाले जम्मा १४ मत ल्याउनुभयो। १ मत बदर भएको छ। मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दलको नेताको हैसियत गुमाउनुभएको थियो ।५ जना मन्त्री राजीनामा दिएर बानियाँको पक्षमा आएका थिए।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close