डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा १लाख बिरुवा रोपण गर्ने अभियान सुरु

सागर महत,असार १४अर्घाखाँची ।
अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर आज सगरमाथा वृक्षरोपण महाअभियान अर्घाखाँचीमा सुरु भएको छ ।अभियानको उद्घाटन गर्दा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले यो अभियानलाई जिल्लामा सफल बनाउनको लागि ६वटै स्थानीतहलाई आग्रह गर्नुभएको छ ।डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना र शसस्त्र प्रहरी बल नेपाल अर्घाखाँचीको सहकार्यमा तुम्कोटमा भएको वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले अहिले निःशुल्क बिरुवा प्रदान गरेको सिनियर वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
विशेष गरि अहिले निजी वनमा विरुवाहरु बढी लगाउने लक्ष्य रहेको छ ,आज मात्र ८ स्थानमा एकै पटक वृक्षारोपण गरिएको श्रेष्ठले बताउनुभयो ।सरकारले लिएको जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीतिलाई सघाउने उहाँको भनाई छ ।

एक महिना सम्म संचालन हुने अभियानमा टिमुर तेज पात,शित्तलचिनी,आप लगायतका १लाख विरुवाको वृक्षारोपण गर्ने लक्ष्य रहेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा सहायक वन अधिकृत केशव खड्काको भनाई छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई शसस्त्र प्रहरी नायब उपरीक्षक योग प्रसाद दाहाल, बरिष्ठ बन अधिकृतहरु गणेश चौधरी ,उमेश शाहा ,जर्सराम चौधरी, पत्रकार महासघका अध्यक्ष गणेश खनाल ,सामुदायिक बन महासंघका मधुकुमार श्रेष्ठ समाजसेवी लक्ष्मण पराजुली लगायतको सहभागीतामा वृक्षारोपण गरिएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close