बेङ्गलुरुले पहिलो पटक आईपीएल क्रिकेटको उपाधि जित्यो

काठमाण्डौ ,जेठ२१। आईपियल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।
हिजो भएको फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो ।१ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा भएको प्रतियोगितामा त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !