आईपीएल क्रिकेट पुन सुरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आगामी शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार एक हप्ताको लागि रोकिएको थियो तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो। बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ।
कमेन्ट गर्नुहोस !